शुक्रबार, माघ २३, २०८२

डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाले गरे बलात्कार, छ महिनापछि बाहिरियो घटना

मेरोन्यूज २०८० भदौ २ गते १३:४०

डोल्पा । डोल्पामा नौ जना युवाले १५ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना बाहिरिएको छ । बलात्कार भएको छ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो ।

‘बालिकाको पेटमा गर्भ रहेको रहेछ,‘ बच्चा हुर्किँदै गएको परिवारले थाहा पाएपछि आफन्तले किटानी जाहेरी दिनुभएको छ’ जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले भने ।

बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको डिएसपी बुढाथोकीले जानकारी दिए । पक्राउ परेकाको नाम भने गोप्य राखिएको उनले बताए ।

फरार रहेका बाँकीको खोजी कार्य तिब्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया