कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज भदाै ३ गते आइतबार । साउन शुक्ल चतुर्थी । पञ्चाङ्ग : सिद्ध तैतल उत्तर , वराह जयन्ती। अगस्ट २० तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन समस्याले भरिपूर्ण रहनेछ। केही काममा मन चिन्तित रहनेछ । व्यापार(व्यवसायमा घाटा हुन सक्छ। बोलीमा संयम राख्नु होला ।
वृष- कुनै नयाँ काम सुरु गर्न आज उत्तम दिन रहेको छ। ठुलो साझेदारीले ब्यापारमा मनग्गे लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आज पैतृक सम्पत्तिमा हक मिल्नेछ।
मिथुन- स्वास्थ्यमा केही उतारचढाव आउनेछ। परिवारमा नजिकको व्यक्तिको व्यवहारले मन अशान्त रहन सक्छ। सवारी साधन आदिको प्रयोगमा सावधानी अपनाउनुहोला । बोलीमा संयम राख्नु होला ।
कर्कट- आजको दिन कुनै धार्मिक यात्रामा जान सकिनेछ । विशेष व्यक्तिसँग भेटघाट हुनेछ, जसका कारण भविष्यमा लाभको सम्भावना। व्यापार–व्यवसायमा कुनै नयाँ थालनी गर्न सकिनेछ । परिवारमा प्रियजनको सहयोग मिल्नेछ। मान सम्मानमा बृद्धि हुनेछ ।
सिंह- लामो समयदेखि चलिरहेको कामको तनावबाट मुक्त भइनेछ। आज तपाईलाई व्यापारमा ठूलो प्रस्ताव प्राप्त हुन सक्छ। परिवारमा पनि वातावरण राम्रो रहनेछ। सन्तान तथा पत्नीसँगको सम्बन्ध मधुर रहनेछ । नयाँ सवारी साधन खरिद गर्न सकिनेछ ।
कन्या- विशेष व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यका कारण आर्थिक समस्याबाट गुज्रनुपर्नेछ । व्यापारमा आज घाटाको सम्भावना छ। सवारी साधन आदि प्रयोग गर्दा सावधानी अपनाउनुहोला । पैतृक सम्पत्तिको कारण परिवारमा आपसी कलहको स्थिति आउन सक्छ।
तुला- आज तपाई प्रशासनिक काममा अलमलमा पर्न सक्नुहुन्छ। पुरानो विवाद मन पर्न सक्छ । पैतृक सम्पत्तिको सम्बन्धमा परिवारमा विवादको स्थिति आउन सक्छ। व्यापार–व्यवसायमा घाटा व्यहोर्नु पर्नेछ । सवारी साधन आदिको प्रयोगमा सावधानी अपनाउनुहोला ।
वृश्चिक- आज तपाईको दिन व्यर्थै बित्नेछ। साथीभाइबाट धोका हुन सक्छ। व्यापारमा ठूला लेनदेन राम्ररी सोचेर गर्नुहोला । यात्रा आदिमा सावधानी अपनाउनुहोला ।
धनु- आज सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला अन्यथा दुर्घटनाको सम्भावना रहन्छ । स्वास्थ्यमा ह्रास आउन सक्छ। मौसमी रोगको चपेटामा पर्न सक्छ। व्यापार–व्यवसायमा ठूलो रकम ऋण दिनाले समस्या सृजना हुन सक्छ ।घरपरिवारमा आपसी कलहका कारण केही प्रतिकूल अवस्था आउन सक्छ।
मकर- दिन उतारचढावले भरिपूर्ण रहनेछ। आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित भइनेछ । मन अशान्त रहनेछ। पारिवारिक समस्याका कारण आज ठूलो निर्णय लिन सकिनेछ । विशेष कामको लागि बाहिरी यात्रामा जान सकिनेछ।
कुम्भ- आज तपाई सकारात्मक उर्जाले भरिपूर्ण रहनुहुनेछ। कामकाे क्षेत्रमा राम्रो मार्गदर्शक पाइनेछ । जसकारण सफलताको कुञ्जी तपाईंको हातमा हुन सक्छ। स्वास्थ्यमा सजग रहनुहोला।
मीन- कार्यस्थलमा सहकर्मीको व्यवहारले मन खिन्न हुन सक्छ। केही षड्यन्त्रको सिकार बन्न सक्ने सम्भावना छ । घरमा श्रीमतीसँग झगडा हुनसक्छ ।
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया