महिला विश्वकपको फाइनलमा आज इंग्ल्याण्ड र स्पेन भिड्दै

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तरगत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।
फाइनल खेल अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाल इस्मय अनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुँदै छ ।
घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ । यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् ।
यस पटक महिला विश्वकपले नयाँ विजेता पाउने भएको छ ।
अहिलेसम्म सबैभन्दा बढी चार पटक विश्वकप जितेको अमेरिका राउण्ड १६ मै स्विडेनसँग पराजित हुदै बाहिरिएको थियो भने दुइ पटक विश्वकप जितेको जर्मनी समुह चरणबाटै बाहिरिएको थियो । त्यस्तै एक पटक विश्वकप जितेको नर्वे राउण्ड १६ मा जापानसँग पराजित भएर बाहिरिएको थियो भने एक पटक विश्वकप जितेको जापानक्वाटरफाइनलमा स्विडेनसँग पराजित हुँदै बाहिरिएको थियो ।
२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ ।
















आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया