मेस्सी प्रेरित इन्टर मायमी च्याम्पियन
मेरोन्यूज
२०८० भदौ ३ गते १०:२३

काठमाडौँ । लियोनेल मेसी प्रेरित इन्टर मियामीले एमएलएस लिग कपको उपाधि जितेको छ ।
आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले पेनाल्टी सुटआउटमा नाशभिल्ले फुटबल क्लबलाई १०-९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको हो ।
यसअघि सम्पन्न ९० मिनेटको निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी गरेका थिए । इन्टर मियामीका लागि लियोनेल मेसीले खेलको २३औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने नाशभिल्लेका लागि खेलको ५७औँ मिनेटमा फाफा पिकल्टले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यस लिग कपमा कुल ७ खेल खेलेका मेसीले सर्बाधिक १० गोल गरेका छन् ।
तेस्रो पटक भएको यस लिग कपमा इन्टर मियामीले पहिलो पटक उपाधि जितेको हो । यस अघि २०१९ मा यो उपाधि मेक्सिकन क्लब क्रुज अजुलले जितेको थियो भने २०२१ मा मेक्सिकन क्लब लिओनले जितेको थियो ।
सम्बन्धित
















स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया