सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय
मेरोन्यूज
२०८० भदौ ३ गते १२:०१

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि (सोमबार)देखि सुरु हुने भएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।
त्यसअघि बिहान साढे १० बजे उजुरीकर्ताहरूसँग छलफल गर्ने निर्णय भएको बताइएको छ । गत साउन २३ गते बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय राखेर श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो । सोहि महिनाको १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया