बुधबार, फागुन ६, २०८२

सदन खुलाउन प्रमुख सचेतकहरुसँग सभामुखको छलफल

मेरोन्यूज २०८० भदौ ३ गते १२:४८

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्नु पूर्व सभामुख देवराज घिमिरेले विभिन्न पार्टीका प्रमुख सचेतकसँग छलफल गरेर संसद्को अवरोध हटाउन पहल थालेका छन् । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक पूर्व दलका प्रमुख सचेतकसँग घिमिरेले छलफल गरिरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी भएका छन्।

साढे ६० किलो सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने जिकिरसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्‍मा अवरोध गरिरहेको छ।

अवरोधबीच आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

प्रतिक्रिया