स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ। आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो । नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो ।
यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । स्कटल्याण्डले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोडे । त्यस्तै गुल्सन झाले अविजित २४ रन जोडे ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए भने ओपनर आसिफ शेखले २७ बलमा २ छक्का प्रहार गर्दै ३३ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन जोडे । बलिङमा स्कटल्याण्डका माइकल लिस्कले तीन विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले ४५ बलमा आठ चौका र ३ छक्काको सहयोगमा ७१ रनको योगदान दिए । जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । रोहित पौडेल र कुशल भुर्तेलले समान १÷१ विकेट झारेका थिए ।

















रुवान्डामाथि नेपालको जित
पहुँचका भरमा कर्मचारीले लिएका गाडी धमाधम फिर्ता लिँदै सरकार
बागलुङमा पालिकाबाटै स्थायी लेखा नम्बर वितरण
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया