पटक- पटक कोसिस गर्दा पनि सदन खुलाउन सकिन : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले आफुले अवरुद्ध सदन खुलाउन पटक पटक प्रयास गर्दा पनि सफल हुन नसकेको बताएका छन् । सभामुख घिमिरेले आइतबार संसदमा रहेका दलका प्रमुख सचेतकहरुसँग गरेको छलफल पनि बिना निश्कर्ष टुग्गिएपछि सभामुख घिमिरेको त्यस्तो प्रतिक्रिया आएको हो ।
संसद साउन मिहनाभरी एक दिन पनि चल्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताउँदै आएको छ ।
तर सरकारले सुन प्रकरणको छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा लगाएको छ । सीआईबीले यो प्रकरणको अहिले छानबिन गरिरहेको छ । तर सदनमा भने सत्ता र प्रमुख प्रतिपक्षका बीचमा अनुसनधान कसले गर्ने भन्ने जुहारी परेका कारण सदन खुल्न सकिरहेको छैन । सभामुख घिमिरेले प्रधानमन्त्रीलाइ समेत भेटेर सदन खुल्ने वातावरण निर्माणका लागि सहयोगी बनिदिन आग्रह गदैं आएका थिए ।
आइतबार पनि एमाले आफ्नै अडानमा छ । सरकार पनि छानबिन अहिले सीआइबीको हातबाट खोसेर अन्यत्र दिन चाहिरहेको छैन । जसकाकारण गतिरोध यथावत नै छ । त्यसपछि नै सभामुखले आफुले सदन खुलाउन गरेको प्रयास सफल हुन नसकेको बताएका हुन् ।
घिमिरेले निकासका विकल्प खोजिरहे पनि दलहरुबीच सहमति नबनेसम्म आफूले यसै गर्नुपर्छ भन्ने अवस्था नरहेको पनि उल्लेख गरे।
‘प्रधानमन्त्रीसँग नजिक रहेर निकास दिने कोसिस गरिरहेको छु’, उनले प्रमुख दलका सेचतकहरुसाग गरेको छलफलमा भने ‘सदनलाई यसरी लामो समय बन्धक राखिरहनु पर्दैन।’
सभामुख घिमिरेले सदनमा अवरोधबाट आफूहरुले प्रधानमन्त्रीदेखि राष्ट्रपतिसँग पनि छलफल गरिसकेको कुरा बैठकमा सुनाए।
घिमिरेले आजै प्रधानमन्त्रीको पहलमा बस्ने सर्वदलीय बैठकले निकास निकालेर सदन सदन अघि बढ्न सक्ने विश्वास लिए।
‘सभापतिहरुको चयन पनि अझै बाँकी रहेको छ’, उनले भने, ‘अब अहिलेको समस्याको निकास निकालेर अघि बढ्नु उचित हुन्छ।’

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया