संसद्को अवरोध हटाउने पहल गर्न राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक

काठमाडौं । एक क्विन्टल सुन तस्करीबारे सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा देखिएपछि बन्धक बनेको संसदको अवरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।
संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शितल निवासमा बोलाएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
यसअघि राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका थिए।
आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।
छलफलका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोधबारे छलफल भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।
६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया