उपसभामुख काठमाडौं हिँडेपछि कोशीमा सत्तारूढ गठबन्धनको बैठक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले प्रदेश सभामा आज विश्वासको मत लिने तयारी गरेका बेला सभाको अध्यक्षता गनुपर्ने उपसभामुख सृजना दनुवार काठमाडौं लागेकी छिन् ।
प्रदेशसभा बैठकको अध्यक्षता नगरी बिरामी बिदा लिएर उनी काठमाडौं हिँडेपछि अहिले सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा अध्यक्षमण्डलका रहेका प्रतिपक्षी दल राप्रपा र एमालेका सांसदहरु पनि बिदामा बस्ने र उपसभामुख समेत आज बिहान यति एयरलाइन्सको जाहाजमा काठमाडौं उठेपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न कोशीमा सत्तारुढ दलका सांसदहरुको बैठक जारी रहेको हो ।
उपसभामुख दनुवारले बिहान ८ बजे प्रदेश सभाको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन् । तर उनी ८ बजे नै काठमाडौं प्रस्थान गरेकी हुन् ।
प्रदेश सभाका मुख्यमन्त्री थापालाई विश्वासको मत लिन ४७ सांसदको आवश्यकता पर्छ । उनले भदौं १४ भित्र विश्वासको मत लिइसक्नुपर्ने सम्वैधानिक बाध्यता छ । सत्तासिन दलसाग बैठकको अध्यषता पनि आफैले गर्नुपर्ने अवस्था आएमा विश्वासको मत लिन एक मत पुग्दैन । तर बैठकको अध्यक्षता नगर्ने हो भने मुश्लिकलले बहुमत पुग्छ । यही संकटमा अहिले कोशीका मुख्यमन्त्री थापा छन् ।
मुख्यमन्त्री थापाले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दललाई विश्वासको मत दिनका लागि पत्राचार गरेर आइतबार आग्रह गरेका छन् । प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले विश्वासको मत लिने बैठक राप्रपाले बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले विश्वासको मत लिने बैठकमा राप्रपा उपस्थित नहुने सुनाए ।
उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्नसक्ने अंक गणितीय जटिलताले सत्ता र प्रतिपक्ष दुवै आ-आफनै सत्ता स्वार्थको राजनीतिक दाउपेचमा लागेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ छन् । प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया