बुधबार, फागुन ६, २०८२

संसद् माओवादीको झूट, बेइमानी, फट्याइँ बोल्ने थलो भयो : ओली

मेरोन्यूज २०८० भदौ ४ गते १६:३४

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई नेकपा माओवादी केन्द्रले झूट, बेइमानी र फट्याइँ बोल्ने थलो बनाएको आरोप लगाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी कार्यालय च्यासलमा छक्कबहादुर लामालाई औपचारिक रूपमा नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार भ्रष्ट र लुटेरा भएको बताए ।

‘यो सरकारले नगराएको भए गराउँछ कसले ?,’ ओलीले भने, ‘साधारण व्यक्तिले त थैली पनि लान पाउँदैन। ढुंग्री–मुन्द्री पनि चेक गर्छ।’

ओलीले माओवादी केन्द्र हल्ला चलाउने डफ्फा भएको बताए । ‘माओवादी भन्ने छ एउटा डफ्फा छ । त्यो डफ्फाको काम नै बदमासी गर्ने, हल्ला अरूतिर चलाइदिने हो,’ ओलीले भने, ‘मानिसहरू हल्लाका पछाडि कुद्छन्। माओवादी केन्द्र मानिसहरूले प्रायोजित हल्ला चलाउँछन्। त्यो कुरा भइरहेको छ।’

एमालेले संसद् चल्न दिएन भनेर प्रायोजित हल्ला चलाइएको ओलीको आरोप छ ।

प्रतिक्रिया