प्रदेश सभा बैठक चलाइरहेका मन्सुरीको मतसहित कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
मेरोन्यूज
२०८० भदौ ४ गते १८:०७

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत पाएका हुन्।
आज कोशीमा ९३ जना सांसदमध्ये ७७ जना उपस्थित थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ मत प्राप्त भएको र विपक्षमा ३० मत खस्यो । मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरे ।
गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दल नेता थापाले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपथ्र्यो ।
उपसभामुख सिर्जना दनुवार आज बिहानै काठमाडौं गएकी थिइन्। उनले बैठक चलाउने जिम्मा कांग्रेस सांसद मन्सुरीलाई दिएकी थिइन्। ज्येष्ठ सदस्यका हैसियतले मन्सुरीले प्रदेश सभा चलाए र मतदानमा समेत सहभागी भएका छन्।
सम्बन्धित
















जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
सब–इन्जिनियर यादव हत्या घटना : छानबिनको माग गर्दै कर्मचारीले गरे ‘पेनडाउन’
काठमाडौंमा वायु प्रदूषण बढ्दै, सचेत रहन आग्रह
Bangladesh’s newly elected MPs take oath
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
चुनावको मुखमा एमालेका दुई पूर्व सांसदसहितका नेताले छाडे पार्टी
प्रतिक्रिया