राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको हो ।
राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा आफूहरु सहभागिता नरहने एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
सोमबार साँझ बसेको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकोबारे चासो राखेका थिए ।
ओलीले प्रधानमन्त्रीसँगको सल्लाहमा राष्ट्रपतिले काम गर्नुपर्ने भएपनि कुन आधारमा सर्वदलीय बैठक बोलाएको रु भन्दै प्रश्नसमेत उठाएका थिए । ओलीले तपाईँले नै अनुरोध गर्नुभएको हो रु भन्दै प्रधानमन्त्रीलाई सोधेका थिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।

















१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
प्रतिक्रिया