कामना सेवा विकास बैंकले ल्यायो ‘तिम्रै लागि’ नयाँ निक्षेप योजना, ९०% सम्म कर्जा पाइने

काठमाडौं । कामना सेवा विकास वैंकले आफ्ना ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्र्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्वन्धलाई मजवुत बनाउँदै, आफ्नो प्रियजनमा खुशी र आफ्नोपन संचार गर्न उपहारको नयाँ परम्पराको शुरुवात स्वरुप “तिम्रै लागि” मुद्धती र वचत खाता सार्वजनिक गरेको हो ।
पछिल्लो समय आफन्तपन र पारिवारिक सम्वन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसहरुमा उपहार दिने प्रचलन वढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरि उपहारको नयाँ परम्पराको शुरुवात गर्न बैँकले नयाँ निक्षेप योजना ल्याएको बैँकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
सम्वन्धपनको महत्व दर्शाउदै उक्त खाता हजुरवुवा हजुरआमा, वुवा आमा, श्रीमान् श्रीमती, दाजुभाई, दिदिवहिनी, छोराछोरी तथा नातीनातिनाहरुले आफ्नो पारिवारिक सम्वन्ध भित्र जो कसैलाई पनि उपहार स्वरुप उक्त मुद्धती खाता उपहार गर्न सकिने बैंकले जनाएको छ ।
न्युनतम रु.१० हजारमा नै खोल्न सकिने मुद्धती खातामा मासिक रुपमा व्याज प्राप्त गर्न सकिनेछ । उक्त खाता खोल्दा बैंकको मोवाईल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेविट कार्ड निःशुल्क प्राप्त गर्न सकिने छ । उक्त मुद्धती खातामा रहेको मौज्दातको ९० प्रतिशत सम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिने बैँकले जनाएको छ । उपहारको नयाँ परम्पराको शुरुवात गर्नको लागि ल्यार्ईएको उक्त खातामा आवश्यकता अनुसार थप रकम जम्मा गर्दै समेत जान सकिने समेत विशेषता रहेको छ ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया