शुक्रबार, माघ २३, २०८२

सिआईबीले बुझायो ललिता निवास प्रकरणकाे अनुसन्धान प्रतिवेदन

मेरोन्यूज २०८० भदौ ५ गते ११:५८

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ ।

जग्गा हिनामिना प्रकरणमा सीआईबीले करिब साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । तीमध्ये ५ जना अदालतको आदेशले रिहा भए भने १८ जना हिरासतमा छन्।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो। यसअघि सीआईबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो।

प्रतिक्रिया