माधव नेपालले देखाए एमाले र नेकपा एसबीच ७ भिन्नता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
बालकुमारीस्थित एक पार्टी प्यालेसमा मंगलबार जारी बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन् ।
उक्त प्रतिवेदनमा उनले एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गर्दै एमालेभन्दा सात कारणले आफ्नो पार्टी फरक रहेको दाबी गरेका छन् ।
‘नेपाली कम्युनिष्ट आन्दोलनको हिसावले हेर्दा हामीले तत्कालीन नेकपा (एमाले) को नेतृत्व गुटमा देखापरेको दक्षिणपन्थी बिसर्जनवादका विरुद्ध विद्रोह गरेका थियौँ । त्यस दक्षिणपन्थी विसर्जनवादी गुटसँग हाम्रा थुप्रै भिन्नताहरू छन् ।’ उनले भनेका छन् ।
अध्यक्ष नेपालले देखाएका फरक:
१. हामी २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत् सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौं भने एमाले यो मान्दैन।
२. हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौं भने एमाले यो मान्दैन।
३. हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौं भने एमाले यो मान्दैन।
४. हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौं भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ।
५. हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौं भने एमाले यो मान्दैन।
६. हामी समाजवादी कार्यदिशा अंगाल्ने भन्छौं भने एमाले यो मान्दैन।
७. हामी प्रतिगामी पुनरूत्थानवादी तत्वहरूका विरूद्ध प्रहार केन्द्रित गर्ने भन्छौं भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ।


















सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
टी-२० विश्वकप: फाइनलमा पुग्न साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै
ललितपुरमा दुई स्थानमा अस्थायी मतदान केन्द्र
निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया