बुधबार, फागुन ६, २०८२

संसद बैठक सूचना टाँसेर भोलिसम्मलाई स्थगित

मेरोन्यूज २०८० भदौ ५ गते १५:२५

काठमाडौं । लामो समय देखि अबरुद्ध संसद बैठक आज बस्ने अनुमान गरिएपनि सूचना टाास गरेर स्थगित गरिएको छ । बैठक अब भोलि ६ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक आज बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो । एमालेले छानबिन समिति गठनको माग गदैं साउन महिनाभर नै संसद चल्न दिएको थिएन ।

सोमबार बेलुकी बसेको शीर्ष नेताहरुको बैठकले सीआइबीले काम सकेलगत्तै छानबिन समिति बनाउने समझदारी बनेको थियो । त्यसलाई मूर्त रुप दिन एमालेका सुवास नेम्वाङ, माओवादी केन्द्रका हितराज पाण्डे र कांग्रेसका रमेश लेखक रहेको मस्यौदा कार्यदल बनाइएको थियो । कार्यदलले आजै २ बजे शीर्ष नेताहरुको बैठकमा प्रस्ताव पेश गर्ने र त्यस आधारमा समिति बनाउने प्रक्रिया अगाडी बढने बताइएको थियो ।

कार्यदलले प्रस्ताव तयार पारेपनि एमाले अध्यक्ष केपी ओली दिउँसो शीर्ष नेताहरुको बैठकमा सहभागी नभएपछि बैठक बस्न सकेन । जसकाकारण आजका लागि बोलाइएको संसद बैठक सूचना टाास गरेर स्थगित गरिएको हो ।

दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।

प्रतिक्रिया