बुधबार, फागुन ६, २०८२

ओली नआएपछि बुधबार बिहान ११ बजेलाई सर्‍यो सर्वदलीय बैठक

मेरोन्यूज २०८० भदौ ५ गते १६:०८

काठमाडौं । सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने आधार तय गर्न भन्दै बनाइएको कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने भन्दै आजलाई बोलाइएको सर्वदलीय बैठक भोलि बिहासम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

अन्य नेताहरू सर्वदलीय बैठकस्थलमा उपस्थित भएका थिए । तर, ओली आउन ढिला गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीलाई दुई पटक टेलिफोन गरेको र ओली विरामी भएर आउन नसक्ने भएपछि भोलिसम्मलाई स्थगित गरिएको नेम्वाङले जानकारी दिए

मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सोमबार रातिको सर्वदलीय बैठकमा सहमति जुटेको थियो।

सोमबार सत्ता र प्रतिपक्षी दलहरूले सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेका थिए। यसको कार्यादेश र संरचनासहितको मस्यौदा पनि तयार भइसकेको छ। मंगलबार जाँचबुझ आयोग बनाएर सदन चलाउने भने पनि संसद् बैठक पनि सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया