बुधबार, फागुन ६, २०८२

देउवाले भागबण्डामा पूर्णता दिए केन्द्रीय अनुशासन समिति

मेरोन्यूज २०८० भदौ ५ गते १६:३६

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पूर्णता दिएको छ । सभापति शेरबहादुर देउवाले आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिलाई भागबण्डामा आज चार सदस्य थपेर पूर्णता दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

देउवाले आज समितिमा ईश्वरी न्यौपाने, ध्रुब वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेर पूर्णता दिएका हुन् । समितिमा सदस्य मनोनित भएका दुई जना संस्थापन पक्षका नेता हुन् भने दुई जना संस्थापन इतरका नेता हुन् ।

न्यौपाने र वाग्ले संस्थापन पक्षका नेता हुन् । गौतम र कोइराला संस्थापन इतरका नेता हुन् । यीमध्य न्यौपाने र गौतम प्रतिनिधि सभा सदस्य पनि हुन् ।

संयोजक ढुंगाना पनि संस्थापन पक्षीय हुन् ।

प्रतिक्रिया