पूर्वसभामुख महराका बाउछोरा मुछिएको सुनकाण्ड जाँचबुझ आयोगले छानबिन गर्ने

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा तथा उनका छोरा राहुल मुछिएको एलेक्टोनिक सिगरेट (भेप)मा भएको सुुन तस्करी काण्ड उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन गर्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान बसेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठकमा सरकारले असोज ५ गते उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने र त्यसले भेपमा सुन तस्करी भएको काण्ड छानबिन गर्ने सहमति भएको हो ।
सात दलका शीर्ष नेता सहभागी बैठकमा ६० किलो सुन तस्करीसहित गत माघमा विमानस्थलबाट बरामद भेपमा ल्याइएको ९ किलो सुन तस्करी आयोगले अनुसन्धान गर्ने सहमति बनेको हो।
९ किलो सुनकाण्डमा माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको नामसमेत जोडिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानको प्रतिवेदनमै महरा बाउछोराले पक्राउ परेका चिनियाँ नागरिकसँग पटकपटक फोन संवाद गरेको उल्लेख गरिएको छ। यद्यपि उनीहरूले भने फोन सम्पर्क हुँदैमा तस्करीमा संलग्न आरोप लगाउनु गलत भएको बताइरहेका छन्।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त सातै दलका प्रमुख सचेतकले भएको सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने र त्यही दिनदेखि यसले काम थाल्ने उल्लेख छ।
सहमतिपत्रको बुँदा नम्बर २ मा भनिएको छ, ‘विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप्स) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक–सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०।०६।०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ।’

















१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पर्यटकीय गाउँ धम्पुसमा थपियो पर्यटकीय आकर्षण आलडाँडा उद्यान
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्रतिक्रिया