टी-२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो।
नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो
नेपालका लागि इन्दु बर्माले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । खुसी डंगोलले दुई तथा कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक–एक विकेट लिए ।
कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
त्यसअघिबायोमास ओभलमा कुुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।
कुवेतका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका लागि इन्दु वर्माले १९ बलमा २ चौका मद्धतमा २३ रन बनाइन् ।
बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कुवेतका लागि मरियम हैदर चार, मरियम उमरले दुई तथा प्रियदा मुरली र खासदजा खलीलले एक–एक विकेट लिए ।
लगातार दोस्रो जितसँगै नेपाल ४ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।
एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा छ। लगातार दोस्रो हार व्यहोरेको कुवेत अंकविहीन रुपमा तालिकाको पुछारमा छ।
नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ।
समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्नेछन्।
















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया