न्यायाधीश नियुक्तिमा क्षमता, सिनियारिटी र इन्टिग्रिटीलाई आधार बनाउने प्रधानन्यायाधीश र कानुनमन्त्रीबीच सहमति

काठमाडौँ । रिक्त रहेका सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीश नियुक्तिमा तीन विषयलाई मुख्य आधार बनाउने सहमति प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङबीच सहमति भएको छ ।
कानुनमन्त्री गुरुङ मंगलबार प्रधानन्यायाधीश श्रेष्ठलाई बधाइ दिन सर्वोच्च अदालतमा पुगेका बेला न्यायाधीश नियुक्तिबारे कुराकानी भएको थियो । न्यायाधीश नियुक्तिमा क्षमता, सिनियरिटी र इन्टिग्रिटीलाई मुख्य आधार बनाउने विषयमा सहमति बनेको मन्त्री गुरुङले बताए ।
केही दिनभित्रै न्यायपरिषद् बैठक बसेर रिक्त न्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने सहमति पनि दुईबीच भएको छ ।
न्यायपरिषद्को सचिवालयका अनुसार सर्वोच्च, उच्च र जिल्लामा गरि एक सय एक न्यायाधीश पद रिक्त छ । न्यायपरिषद्का अनुसार सर्वोच्चमा ७, उच्चमा ६ मुख्य न्यायाधीशसहित ५६ र जिल्लामा ३८ न्यायाधीशको दरबन्दी रिक्त छ ।
अहिले सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१, उच्च अदालतमा १६० र जिल्लामा २८७ जना न्यायाधीशको दरबन्दी छ ।
जिल्लामा रित्त२m रहेको ३८ न्यायाधीशको दरबन्दीमध्ये २९ जनाको नियुक्तिका लागि जाँच समेत परिषद्ले लिइसकेको छ । उत्तरपुस्तिका परीक्षण भएपछि लिखित परीक्षाको परिणाम प्रकाशन भएर अन्तर्वार्तामा समेत पास भएपछि जिल्ला न्यायाधीशका लागि सिफारिश हुनेछन् ।
त्यसपछि पनि रिक्त रहने ९ जिल्ला न्यायाधीशका लागि भने न्यायपरिषद बैठकले नै सिफारिश गर्ने बताइएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया