ट्रु-मी मिस युनिभर्स नेपालको ट्रु- ब्युटीको प्रायोजक

काठमाडौं । अमेरिकी प्रबिधिबाट उत्पादित हेयर–केयर ब्राण्ड ट्रु–मीले मिस युनिभर्स नेपाल– २०२३ को फाइनलमा एउटा महत्वपूर्ण टाइटल प्रायोजन गर्ने भएको छ । ट्रु–मीको आधारिक विक्रेता कम्पनी ट्रु डेर्मा एसए प्रालिका अनुसार ट्रु–मीले मिस युनिभर्स नेपाल– २०२३ का लागि ‘ट्रु ब्युटी’ शीर्षकको विधा प्रायोजन गर्नेछ ।
मिस युनिभर्स नेपाल– २०२३ को आयोजक संस्था उमंग क्रिएशन र ट्रु–मीका प्रतिनिधिले बिहीबार काठमाडौंमा सो टाइटल प्रायोजना सम्झौता गरेका हुन् । सम्झौतामा उमंग क्रिएशनका संस्थापक उद्धव अधिकारी र ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट दीपक जैसवालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नेपालको सौन्दर्य प्रतियोगिताको एउटा हिस्सा हुन पाएकोमा ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट जैसवालले खुशी व्यक्त गरे । त्यसैगरी उमंग क्रिएशनका संस्थापक अधिकारीले टाइटल प्रायोजनका लागि ट्र–मीलाई धन्यवाद दिए ।
ट्रु–मी अघिल्लो महिना मात्रै आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको हो । आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलव्ध हुने जनाएको छ । केराटिन, स्याम्पु, ट्रिटमेन्ट, हेयर सिरम, वाक्स लगायत कस्मेटिक उत्पादनहरु समेटिएको ट्रु–मीका हेयर–केयरका सामग्री त्यत्तिकै गुणस्तरीय पनि रहेको कम्पनीको भनाइ छ ।
मिस युनिभर्स नेपाल– २०२३ को फाइनल भने ९ सेप्टेम्बरमा हुँदै छ । प्रतियोगिताको यो चौथो संस्करण हो ।


















धनुषामा पुरुषको शव फेला
होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
गुडिरहेकाे बसमा आगलागी
प्रतिक्रिया