ट्रु-मी मिस युनिभर्स नेपालको ट्रु- ब्युटीको प्रायोजक

काठमाडौं । अमेरिकी प्रबिधिबाट उत्पादित हेयर–केयर ब्राण्ड ट्रु–मीले मिस युनिभर्स नेपाल– २०२३ को फाइनलमा एउटा महत्वपूर्ण टाइटल प्रायोजन गर्ने भएको छ । ट्रु–मीको आधारिक विक्रेता कम्पनी ट्रु डेर्मा एसए प्रालिका अनुसार ट्रु–मीले मिस युनिभर्स नेपाल– २०२३ का लागि ‘ट्रु ब्युटी’ शीर्षकको विधा प्रायोजन गर्नेछ ।
मिस युनिभर्स नेपाल– २०२३ को आयोजक संस्था उमंग क्रिएशन र ट्रु–मीका प्रतिनिधिले बिहीबार काठमाडौंमा सो टाइटल प्रायोजना सम्झौता गरेका हुन् । सम्झौतामा उमंग क्रिएशनका संस्थापक उद्धव अधिकारी र ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट दीपक जैसवालले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नेपालको सौन्दर्य प्रतियोगिताको एउटा हिस्सा हुन पाएकोमा ट्रु–मीका ब्राण्ड कन्सल्टेन्ट जैसवालले खुशी व्यक्त गरे । त्यसैगरी उमंग क्रिएशनका संस्थापक अधिकारीले टाइटल प्रायोजनका लागि ट्र–मीलाई धन्यवाद दिए ।
ट्रु–मी अघिल्लो महिना मात्रै आफ्ना उत्पादनहरु नेपाली बजारमा ल्याएको हो । आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मीका हेयर–केयरका उत्पादन उपलव्ध हुने जनाएको छ । केराटिन, स्याम्पु, ट्रिटमेन्ट, हेयर सिरम, वाक्स लगायत कस्मेटिक उत्पादनहरु समेटिएको ट्रु–मीका हेयर–केयरका सामग्री त्यत्तिकै गुणस्तरीय पनि रहेको कम्पनीको भनाइ छ ।
मिस युनिभर्स नेपाल– २०२३ को फाइनल भने ९ सेप्टेम्बरमा हुँदै छ । प्रतियोगिताको यो चौथो संस्करण हो ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया