ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई एक युवाले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्।
झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए। तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा बिहीबार साँझ ७ बजेतिर एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
उनका अनुसार घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ। बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको छ।
प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ। आक्रमणमा संलग्न युवा मादक पदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको प्रहरीको भनाइ छ।
















नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया