जुवाखालबाट पक्राउ परे गाउँपालिका अध्यक्ष
मेरोन्यूज
२०८० भदौ ८ गते ११:३७

लेखनाथ। मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बिहीबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नंं ८ को होटेल लक्ष्मीबाट लालचनसहित सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पहिचान खुल्ने डरले लालचनले प्रहरीलाई मोहन थकाली नाम बनाएका थिए । उनीहरूको साथबाट चार लाख ४७ हजार ८० रुपियाँ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले पक्राउ परेका सबैलाई शुक्रवार म्याद थप गर्ने तयारी भएको जानकारी दिए ।
अध्यक्ष लालचनसँग मुस्ताङ घोरपझोङकै ५७ वर्षीय इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, पोखराका शङ्कर ग्वारचन, गुन्ज हिराचन, राजु गुरुङ र लबहादुर हिराचन पक्राउ परेका छन् ।
सम्बन्धित
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया