बुधबार, वैशाख २३, २०८३

माओवादीका पार्टी सदस्य संख्या सात लाख ५३ हजार

प्रदेश अनुसार माओवादीका कुन प्रदेशमा कति सदस्य ?

मेरोन्यूज २०८० भदौ ९ गते १५:०६

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पार्टी सदस्य संख्या करिब सात लाख ५३ हजार रहेको तथ्य सार्वजनिक भएको छ ।

Advertisement
NiccNicc

माओवादीको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा माओवादीको सदस्य संख्या त्यति भएको उल्लेख छ ।

दाहालको केन्द्रीय समितिको प्रतिबेदन बल्ल आज केन्द्रीय सदस्यलाई वितरण गरिएको छ । वितरित १० पेजको प्रतिवेदनको केही अंक मेरो न्यूजलाई प्राप्त भएको छ ।

प्राप्त प्रतिवेदनको अंशमा पार्टीको संगठनात्मक गतिविधिबारे उल्लेख छ । प्रतिवेदनमा दाहालले पार्टी सदस्य संख्या ७ लाख, ५२ हजार ९ सय ५६ रहेको उल्लेख गरेका छन् ।

उनले सदस्य संख्या प्रदेश अनुसार पनि उल्लेख गरेका छन् । दाहालको प्रतिवेदन अनुसार माओवादीका कोशी प्रदेशमा ९ हजार ६ सय एक, मधेश प्रदेशमा एक लाख १६ हजार ७ सय ७५ र बागमती प्रदेशमा एक लाख ४७ हजार तीन सय ५३ सदस्य छन् ।

त्यस्तै गण्डकीमा ६६ हजार ६ सय ८८, लुम्बिनीमा एक लाख १२ हजार ९ सय १०, कर्णाली प्रदेशमा ८५ हजार ७ सय ७४ तथा सुदूरपश्चिम प्रदेशमा ८० हजार ४ सय ८२ सदस्य रहेको उल्लेख छ ।

त्यस्तै उनले सम्पर्क समन्वय प्रदेशमा १९ हजार तीन सय १२, उपत्यका विशेष प्रदेशमा १८९ हजार ३ सय २५ र प्रवास समन्वय प्रदेशमा पाँच हजार ५ सय ३७ सदस्य रहेको उल्लेख गरेका छन् ।

पार्टीमा तीन आयोग र ३४ विभाग रहेको पनि दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया