माओवादीका पार्टी सदस्य संख्या सात लाख ५३ हजार
प्रदेश अनुसार माओवादीका कुन प्रदेशमा कति सदस्य ?

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पार्टी सदस्य संख्या करिब सात लाख ५३ हजार रहेको तथ्य सार्वजनिक भएको छ ।
माओवादीको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा माओवादीको सदस्य संख्या त्यति भएको उल्लेख छ ।
दाहालको केन्द्रीय समितिको प्रतिबेदन बल्ल आज केन्द्रीय सदस्यलाई वितरण गरिएको छ । वितरित १० पेजको प्रतिवेदनको केही अंक मेरो न्यूजलाई प्राप्त भएको छ ।
प्राप्त प्रतिवेदनको अंशमा पार्टीको संगठनात्मक गतिविधिबारे उल्लेख छ । प्रतिवेदनमा दाहालले पार्टी सदस्य संख्या ७ लाख, ५२ हजार ९ सय ५६ रहेको उल्लेख गरेका छन् ।
उनले सदस्य संख्या प्रदेश अनुसार पनि उल्लेख गरेका छन् । दाहालको प्रतिवेदन अनुसार माओवादीका कोशी प्रदेशमा ९ हजार ६ सय एक, मधेश प्रदेशमा एक लाख १६ हजार ७ सय ७५ र बागमती प्रदेशमा एक लाख ४७ हजार तीन सय ५३ सदस्य छन् ।
त्यस्तै गण्डकीमा ६६ हजार ६ सय ८८, लुम्बिनीमा एक लाख १२ हजार ९ सय १०, कर्णाली प्रदेशमा ८५ हजार ७ सय ७४ तथा सुदूरपश्चिम प्रदेशमा ८० हजार ४ सय ८२ सदस्य रहेको उल्लेख छ ।
त्यस्तै उनले सम्पर्क समन्वय प्रदेशमा १९ हजार तीन सय १२, उपत्यका विशेष प्रदेशमा १८९ हजार ३ सय २५ र प्रवास समन्वय प्रदेशमा पाँच हजार ५ सय ३७ सदस्य रहेको उल्लेख गरेका छन् ।
पार्टीमा तीन आयोग र ३४ विभाग रहेको पनि दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।









यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया