ललिता निवास जग्गा प्रकरण
किर्तेमा मात्र मुद्दा दर्ता, संगठित अपराधमा मुद्दा चलाइएन

काठमाडौँ । सरकारी वकिलको कार्यालय काठमाडौंले बालुवाटारस्थित बहचर्चित ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा संलग्नहरुलाई सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ । संगठित अपराधमा भने मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो । अहिले केहीबेरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले किर्तेमा मात्र मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यलयका एक अधिकारीले जानकारी दिए ।
संगठित अपराधको कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दाबी लिएको हो । संगठित अपराध निवारण ऐन, १२ चैत २०७० मा जारी भएको हो ।
बाहालवाला सचिवलाई पनि मुद्दा
सरकारका वहालवाला सचिव कृष्णबहादुर राउतलाई पनि प्रतिवादी बनाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर गत मंगलबार प्रतिवेदन बुझाउँदा राउतलाई मुद्दा नचलाउन राय दिएको थियो । तर, सरकारी वकिलले उनलाई पनि प्रतिवादी बनाएर सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा चलाउने निर्णय गरेको
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया