शिवम् सिमेन्ट सेल्स एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड अग्रनाईजेसन सेल्स एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित भएको छ । काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्ट उक्त अवार्डबाट सम्मानित भएको हो ।
शिवम सिमेन्ट्स लिमिटेडका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएका हुन् ।
यस भन्दा पहिला पनि शिवम् सिमेन्ट सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड-२०१९ प्रथमबाट समेत सम्मानित भईसकेको छ भने बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड पनि प्राप्त गरेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको शिवम् सिमेन्टले जनाएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।



















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया