क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा पौडेल नियुक्त

चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो ।
उनीहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा अनिलविक्रम कार्कीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ उपसमितिले सिफारिस गरेका मध्येबाट डा पौडेललाई आज बिहान सञ्चालक समितिले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा मदन उपाध्याय, डा प्रदीप ज्ञवाली र डा दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो । सोही उपसमितिले तीन जनाको नाम सिफारिस गरेको हो । डा उपाध्याय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, डा ज्ञवाली स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव र डा विश्वकर्मा सञ्चालक सदस्य हुन् ।
अस्पतालको नियमावलीमा सिफारिस समितिमा मन्त्रालयको प्रतिनिधि, काउन्सिलको सदस्य सचिव पदेन उपसमितिको सदस्य हुने व्यवस्था छ । डा पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ हुन् । उनी नेपाल मेडिकल काउन्सिलका उपाध्यक्षसमेत छन् ।
निवर्तमान कार्यकारी निर्देशक डा देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त रहेको थियो । अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ । कार्यकारी पद रिक्त हुँदा कर्मचारीलाई तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न समस्या भएपछि सञ्चालक समितिले अत्यावश्यक कामका लागि आर्थिक अधिकार अध्यक्ष डा विजयराज न्यौपानेलाई दिएको थियो ।
(यस अघि फोटो अन्यथा परेकोले सञ्चाईएको छ- सं)
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया