इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलहरुमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन्। डिफेन्डिङ च्याम्पियन सिटी र यो सिजनको उपाधि दाबेदार लिभरपुलले कठिन जित निकालेका हुन्।
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले न्युक्यासल युनाइटेडमाथि २-१ को जित दर्ता गराएको छ।
दोस्रो हाफमा मैदान छिरेका डार्विन नुनेजले २ गोल गरेपछि पहिलो हाफमै १० खेलाडीमा सीमिति लिभरपुलले न्युक्यासललाई हराएको हो।
खेलको २८ औं मिनेटमा भर्जिल भान डाइजले रातो कार्ड पाएर मैदान छाडेपछि १० खेलाडीमा सीमिति लिभरपुलले जितका लागि खेलको इन्जुरी समय पर्खिनुपर्यो।
खेलमा अग्रता घरेलु टोली न्युक्यासलले २५ औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट लिएको थियो। पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको लिभरपुलका लागि खेलको ८१ औँ मिनेटमा नुनेजले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
त्यसपछि खेलको अन्तिम समयमा मोहमद सलाहाको पासमा नुनेजले ने लिभरपुललाई जिताए।
यो जितसँगै लिभरपुलको ३ खेलबाट ७ अंक भएको छ। पराजित न्युक्यासलसँग ३ खेलबाट ३ अंकमात्रै छ।
अर्को खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई २–१ ले हराएको छ। उता एस्टन भिल्लाले वर्नलीलाई ३–१ ले पराजित गर्यो।
लगातार तेस्रो जित दर्ता गर्ने क्रममा सिटीका लागि रोड्री र हालान्डले १-१ गोल गरे। सिटीले यो जितसँगै ३ खेलबाट ९ अंक बनाएको छ।
















सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया