शुक्रबार, माघ २३, २०८२

ट्रमा सेन्टरका डा. कोइराला बेपत्ता, सप्तकोशी पुलमा भेटियो गाडी र मोबाइल

मेरोन्यूज २०८० भदौ ११ गते १२:३४

विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्ज्वल कोइराला बेपत्ता भएका छन् । उनी गएराती देखि सम्पर्कबिहिन भएका हुन् । सप्तकोशी पुलमा गाडी छोडेर उनी गएरातिदेखि बेपत्ता भएका हुन् ।

पुलको रेलिङमा उनले प्रयोग गदैं आईरहेको मोबाइल भेटिएको उदयपुर प्रहरीले जनाएको छ । ‘गाडीसँगै जुत्ता र मोजा पनि पुलमाथि नै छ,’ उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भने, ‘पुलको रेलिङमा मोबाइल पनि भेटिएको छ ।’

बिहान ४ बजेदेखि उनको प्रहरीले खोजी गरे पनि अहिलेसम्म पत्ता नलागेको फुयाँलले बताए ।

होटलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली बोलाएको उनले बताए ।


प्रदेश १ –०२००२च ४१६६ नम्बरको गाडीभित्र हस्पिटलको कागजपत्र समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया