पाँच नेपाली क्रिकेटर बीबीएलको ड्राफ्टमा
मेरोन्यूज
२०८० भदौ ११ गते १९:५९

काठमाडौं । पाँच नेपाली क्रिकेटर अस्ट्रेलियाको क्रिकेट लिग प्रतियोगिता बिगबास (बीबीएल)को ड्राफ्टमा पर्न सफल भएका छन् ।
अस्ट्रेलियाली क्रिकेट संघले सोमबार ड्राफ्टमा परेका २९ देशका ३७६ खेलाडीको लिस्ट सार्वजनिक गरेको हो । जसमा नेपालका सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद र देव खनाल परेका छन् ।
ड्राफ्टबाट नियमित खेलाडीको सूचीमा परेका उनीहरुले आगामी सिजन २०२३–२४ को बीबीएल खेलमा सहभागी हुन पाउने छन् ।
बीबीएलको ड्राफ्टमा परेका सन्दीप, आरिफ, आसिफ र अर्जुन नेपाली राष्ट्रिय टीमका सदस्य हुन् । उनीहरु अहिले एसियाकप खेल्न पाकिस्तानमा छन् । देव खनाल यू–१९ राष्ट्रिय टीमका कप्तान हुन् ।
डिसेम्बर ७ देखि सुरु हुने बीबीएल लिगमा नेपालबाट सन्दीप लामिछानेले मात्रै खेलेका छन् ।
सम्बन्धित
















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया