आइसीसीद्वारा सार्वजनिक एसिया कपमा हेर्न लायक ६ खेलाडीमा नेपालका गुल्सन झा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले एसिया कप प्रतियोगिता सुरु हुनु अघि हेर्न लायक ६ खेलाडीको सूची तयार पारेको छ । यसिया कप खेल्ने ६ राष्ट्रबाट एक,एक जना खेलाडी समेटिएको सूचीमा नेपालबाट फास्ट बलिङ अलराउण्डर गुल्सन झा परेका छन् ।
बुधबार (भोलि)देखि सुरुमा हुने एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । यही खेलबाट नेपालले एसिया कपमा डेब्यु गर्दैछ ।
प्रतियोगिता सुरु हुनुअघि सार्वजनिक हेर्न लायक ६ खेलाडीको सूचीमा नेपालबाट झा परेका हुन् । सूचीमा पाकिस्तानबाट कप्तान बाबर आजम, भारतबाट फास्ट बलर जसप्रित बुमराह, अफगानिस्तानबाट कप्तान रासिद खान परेका छन् । श्रीलंकाबाट बलर महिश थिक्सना र बंगलादेशबाट पनि बलर तस्किन अहमेद हेर्न लायक खेलाडीको सूचीमा परेका छन् ।
नेपालका गुल्सन ओडीआईको अलराउण्डर वरीयतामा १०५औं स्थानमा छन् ।
१७ वर्षीय गुल्सनले आईसीसी क्रिकेट विश्वकप क्वालिफायरमा ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
हेर्न लायक खेलाडीको सूचीमा परेका पाकिस्तानका कप्तान आजम ओडीआई वरीयताको नम्बर वान ब्याटर हुन् । २८ वर्षीय बाबर अहिले उत्कृष्ट लयमा छन् ।
भारतका बुमराह ओडीआई बलरको ३२औं वरीयतामा छन् ।
ओडीआईमा विश्व नम्बर चार वरीयतामा रहेका रासिद खान विश्वमै उत्कृष्ट स्पीनरको रुपमा छन् ।
ओडीआई बलरमा २०औं वरीयतामा रहेका श्रीलंकन थिक्सनाले विश्वकप छनोटमा २१ विकेट लिएका थिए ।
बंगलादेशी फास्ट बलर तस्किन अहमद ओडीआई वरीयतामा ४४औं स्थानमा छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया