श्रम स्वीकृति नलिई डाक्टर कुवेत पठाउने विज्ञापन गर्ने ओमेगा कम्पनी निलम्बन

काठमाडौं । श्रम स्वीकृति नलिइ नेपाली विशेषज्ञ चिकित्सकलाई रोजगारीको लागि कुवेतमा माग भएको भन्दै आवेदन माग्ने ओमेगा इन्टरनेसनल प्रालिलाई वैदेशिक रोगजार विभागले निलम्बन गरेको छ।
सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शंकास्पद कार्य गरेको भन्दै ओमेगा र अक्जोन इन्टरनेसनल प्रालिलाई विभागले मंगलबार निलम्बन गरेको हो ।
ओमेगाले विभागको पूर्वस्वीकृति बिना सामाजिक सञ्जालमार्फत नेपाली डाक्टरलाई वैदेशिक रोजगारीमा कुवेल पठाइदिने भ्रमपूर्ण सूचना प्रसारण गरेको विभागले बताएको छ ।
एउटै व्यक्तिको अर्को संस्था अक्जोनले पनि एजुकेसनल इन्स्टीच्युट एण्ड कन्सलटेन्सी वर्किङ भिसाको प्रलोभन देखाइ शंकास्पद कारोबार गरी व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने गरेको विभागले जनाएको छ।
विभागले दुवै कम्पनीको कार्य शंकास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न तत्काललाई दुवै कम्पनीलाई निलम्बन गरेको विभागका निर्देशक कविराज उप्रेतीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
‘नेपाली डाक्टरलाई रोजगारीका लागि कुवेत पठाउने भन्दै विज्ञापन गरेको कम्पनीले पूर्व श्रमस्वीकृति लिएको थिएन, यसको विषयमा थप अनुसन्धान भइरहेको छ,’ उप्रेतीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘अनुसन्धानको दायरामा रहेकाले सो कम्पनीले कुनै गतिविधि गर्न नपाउने गरि निलम्बल गरिएको छ ।’
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको फेसबुक पेजमा सूचना राखेको थियो ।
ओमेगाले सार्वजनिक गरेको सूचनामा कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरु माग गरिएको थियो ।
विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने र उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने आमेगाले जारी गरेको सूचनामा उल्लेख थियो।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
प्रतिक्रिया