पाल्पा पहिरो : जिप पुरिँदा मृत्यु भएका तीनै जनाकाे सनाखत

बुटवल । पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । गुल्मीको तम्घासबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको भाडाको स्कार्पियो रिडी–तानसेन सडकखण्डको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा माथिबाट खसेको सुख्खा पहिरोले बिहान च्यापिएको थियो ।
घाइते सात जनाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि पाल्पा अस्पतालमा ल्याइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
















बैतडी बस दुर्घटनाका घाइतेको उपचार प्रबन्ध मिलाउन सरकारलाई गगन थापाकाे आग्रह
मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया