पाकिस्तान–नेपालबीच एसिया कपमा भिडन्त जारी (तस्बिरहरू)

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तानबीच अहिले खेल भइरहेको छ । पाकिस्ताले अहिले ४ विकेटको क्षतिमा २२२ रन बनाएको छ ।
पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको थियो । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन् ।

यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन बनाए । उनलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् ।
पाकिस्तानविरुद्धको उद्घाटन खेलमा नेपालले सुरुआतमै दुई विकेट हात पारेको थियो । नेपालका लागि पहिलो विकेट करण केसीले लिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिएका थिए । त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो । जमानले २० बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए ।
पाकिस्तानले लगत्तै इमाम उल हकका रूपमा दोस्रो विकेट गुमाएको थियो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान रोहितकुमार पौडेलले रनआउट गरे । हकले १४ बल खेल्दै एक चौका हिर्काएर मात्र पाँच रन बनाए ।
मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ रोजेको थियो ।
तस्बिरहरू : एएफपी/रासस




















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया