आज कस्तो छ तपाईंको भाग्य ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज भदाै १४ गते बिहीबार । साउन शुक्ल पूर्णिमा । पञ्चाङ्ग : सुकर्मा बव शतभिषा , जनै पूर्णिमा र रक्षा बन्धन/गाईजात्रा । अगस्ट ३१ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आजको दिन उतार चढावले भरिपूर्ण रहनेछ। कतिपयको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । विपक्षी वर्ग सक्रिय हुनेछन् । परिवारमा आपसी मतभेद बढ्न सक्छ। श्रीमतीसँग मनमुटाव हुनसक्छ ।
वृष- आज योजनाबद्ध कार्यहरू सम्पन्न हुनेछन्। स्वास्थ्यमा केही उतारचढाव आउनेछ। परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । व्यापार व्यवसाय बिग्रन सक्छ ।
मिथुन- परिवार संग घुमघाम हुनेछ । व्यापार–व्यवसायबाट आर्थिक लाभ मिल्नेछ । कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा शुभ कार्यको योग रहनेछ।
कर्कट- आजको दिन तपाईको लागि निकै राम्रो रहनेछ। कुनै विशेष कामको लागि बाहिरी यात्रामा जान सकिनेछ। व्यापार व्यावसायमा आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन् । परिवारमा सम्मान बढ्नेछ ।
सिंह- आजको दिन समस्याले भरिएकाे हुन सक्छ। व्यर्थको वादविवादमा फस्न सकिनेछ । तपाईंमाथि केही झूटा आरोप लाग्न सक्छन्। आज स्वास्थ्यमा पनि कमजोरी महसुस हुनेछ। मन अशान्त रहनेछ।
कन्या- नजिकको व्यक्तिको व्यवहारले तपाईंलाई समस्या पार्न सक्छ। आफन्तसँग ठूलो विवाद हुन सक्छ। श्रीमतीको स्वास्थ्य बिग्रन सक्छ । व्यवसायमा साझेदारले धोका दिन सक्नेछ। पैतृक सम्पत्तिको विषयमा घरपरिवारमा विवादको स्थिति रहनेछ। सवारी साधन आदि सावधानीपूर्वक चलाउँनुहाेला ।
तुला- आज विशेष कामको लागि बाहिर जानु पर्नेछ । व्यापारमा घाटा हुनेछ । पार्टनरले साथ छोड्न सक्छ। परिवारमा प्रियजनको सहयोग मिल्नेछ। श्रीमतीसँगको सम्बन्ध राम्रो रहनेछ ।
वृश्चिक- योजनाबद्ध कार्य सम्पन्न हुनेछन्। मन प्रसन्न रहनेछ। आज केही नयाँ कामको जिम्मेवारी मिल्नेछ । व्यापार व्यवसायमा लाभको स्थिति रहनेछ । परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । परिवारमा मान सम्मान बढ्नेछ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ ।
धनु- कुनै नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने आजकाे समय उत्तम रहेकाे छ। रोकिएको धन प्राप्त हुनेछ। परिवारको हितमा विशेष निर्णय लिन सकिनेछ।
मकर- आजको दिन अनावश्यक भीडभाडमा फस्नेछ। विरोधीको षड्यन्त्रको सिकार बन्न सक्नु हुनेछ । स्वास्थ्यमा ह्रासको अनुभूति हुनेछ । व्यापार–व्यवसायमा घाटा हुन सक्छ । रोजगारीका लागि सहकर्मीसँग मतभिन्नता बढ्न सक्छ। पैतृक सम्पत्तिको विषयमा घरपरिवारमा झगडा हुन सक्छ । सवारी साधन सावधानीपूर्वक चलाउनुहाेला ।
कुम्भ- आज बोलीमा नियन्त्रण राख्नु पर्ने देखिन्छ । बहसबाट टाढा रहनुहोला। पारिवारिक जीवनमा उतारचढाव आउनेछ। कामको सिलसिलामा विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ । तर काम सम्पन्न हुनेमा शंका छ । श्रीमतीसँगको सम्बन्ध सुमधुर रहनेछ ।
मीन- आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोला, अन्यथा ठूलो क्षति हुन सक्छ। कुनै ठूलाे काम गुमाउनुहुनेछ। परिवारमा मनमुटाव हुन सक्छ, जसका कारण मन अशान्त रहनेछ ।
















पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया