टेबल टेनिस टोली दक्षिण कोरिया जाँदै

काठमाडौँ । नेपाली टेबल टेनिस टोली २६औँ एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन भोलि दक्षिण कोरिया प्रस्थान गर्दैछ । यही भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी सहभागी हुँदैछन् ।
पुरुषमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामा सिक्का सुवाल श्रेष्ठ र इभाना थापा रहेका छन् । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जिव ढुङ्गेल छन् ।
नेपालले पुरुष÷महिला सिङ्गल्स, डबल्स, टिम र मिक्स स्पर्धा गरी ७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । पाँचै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । एसियाली खेलकुदमा छ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्दैछन् । एसियाली खेलकुका लागि छनोट भएकी नेपाल नम्बर वान नविता श्रेष्ठ भने टोलीमा समावेश छैनन् । उनी हाइ फर्मेन्स तालिमका लागि शनिबारै अमेरिका जाँदै छिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आज एक कार्यक्रमबीच बिदाइ गरे । टेबल टेनिस टोली हालै एसियाली खेलकुदको तयारी प्रशिक्षणबाट भारतबाट फर्किएको हो । बिदाइका अवसरमा सदस्यसचिव घिसिङले खेलाडीलाई एसियाली खेलकुदको तयारी प्रशिक्षणबारे चासोपूर्वक जानकारी लिए । खेलाडीले भारतमा भएको तयारी प्रशिक्षण सन्तोषजनक रहेको बताएका थिए ।
यसैबीच अखिल नेपाल टेबल टेनिस सङ्घ, तदर्थ समितिको पहिलो बैठकले सङ्घका वरिष्ठ सहसंयोजक सुदिल शाहीको संयोजकत्वमा खेलकुद विकास ऐनअनुसार सङ्घको नयाँ विधान बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । सङ्घका संयोजक चतुरानन्दराज वैद्यको अध्यक्षतामा आज बसेको बैठकले शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिका सदस्यमा सहसंयोजक वृजेन्द्र हमाल, प्रज्ज्वलकान्त मैनाली, नवीनबहादुर शाक्य र शिवसुन्दर गोथे रहेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया