बझाङमा जंगली च्याउ खाँदा बालक र बालिकाको मृत्यु
मेरोन्यूज
२०८० भदौ १५ गते ८:५७

बझाङ । बझाङमा जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा एक बालक र बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत छन्।
मंगलबार जंगली च्याउको तरकारी खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ बालिकाको उपचार सम्भव नभएपछि थप उपचारको लागि डडेलधुरा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
बालकलाई पनि धनगढी ल्याउने क्रममा बिहिवार राती नै बाटोमा मृत्यु भएको हो।
आमा पुनी कठायतको उपचार जारी छ।
सम्बन्धित
















मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
साढे १७ लाख ठगी गर्ने २ जना पक्राउ
नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा
दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया