तस्करीको सामान बरामदपछि झडप हुँदा दुई सशस्त्र प्रहरी र एक स्थानीय घाइते

नेपालगञ्ज । तस्करीको समान ओसारप्रसार गर्ने समुह र सशस्त्र प्रहरीबीच झडप भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ चौलिका चोकमा प्रहरीले तस्करीको सामान बरामद गरेपछि झडप भएको हो ।
झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी र एक जना स्थानीय घाइते भएका छन् । घटना बिहिबार बेलुकीको हो । ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो ।
हार्डवयरका ति सामानको पुरा भन्सार तिरेको नपाईएपछि सशस्त्र प्रहरीले सामान बरामद गरेको थियो । तर भन्सार छलिका उक्त सामान फिर्ता पाउनु पर्छ भनि ल्याउने व्यक्तिहरु र स्थानीय बासिन्दा करीब १ सयदेखि १२० जना भेला भई ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई हुलहुज्जत गरी सामान खोसेर लैजान खोजेपछि झडप भएको प्रहरीको भनाई छ ।
झडपपछि तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र विओपी जयसपुरबाट खटिएको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई पठाएपनि फेरि बेलुकी सााढे १० बजे आई प्रहरीमाथी ढुंगामुढा गरेको प्रहरीको भनाई छ ।
सशस्त्र प्रहरी माथि एक्कासी ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा सोही उपमहानगरपालिका १४ बस्ने १८ बर्षिय जहित हसमित सामान्य घाइते भएका थिए । ढुंगामुढा प्रहारबाट नं. ३० बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका छन् ।
यस्तै ना १ झ. ५७४ नम्वरको गाडीमा क्षति पुग्नुको साथै केही अन्य साधनहरुमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो । बरामद सामान स्थानिय भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
















आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
आचारसंहिता कडाइकासाथ लागू गर्छौं: आयुक्त भण्डारी
कास्कीमा ७७ जनाले बुझाए निजी हातहतियार
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
प्रतिक्रिया