आज कस्तो छ तपाईंको भाग्य ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज भदाै १६ गते शनिबार । भदौ कृष्ण तृतिया । पञ्चाङ्ग : शूल वणिज उत्तरभाद्र। सेप्टेम्बर ०२ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। लामो यात्रामा जाने याेजना भै रद्द गरनु उचित हुनेछ । सवारी चलाउँदा सावधानी अपनाउनुहोला। व्यापारमा कुनै ठूलो लेनदेन नगर्नुहोला।
वृष- अत्याधिक कामका कारण केही तनाव महसुस हुनेछ। पारिवारिक विवादबाट टाढा रहनुहोस्। कुनै विशेष कार्यको लागि पारिवारिक दबाब आउन सक्छ।
मिथुन- व्यापारमा नयाँ बाटो खुल्नेछ। कार्यक्षेत्रमा ठूला काम गर्दा फाइदा हुनेछ । परिचित व्यक्तिसँग भेटघाटले रोकिएका काम पूरा हुनेछन्। परिवारमा शुभ कार्यक्रम हुनेछ । नयाँ घर वा सवारी किन्न सकिनेछ।
कर्कट- आज कुनै ठूलो काममा लगानी गर्न सकिनेछ । कार्यस्थलमा साथीभाइबाट पूर्ण सहयोग प्राप्त हुनेछ। श्रीमतीको स्वास्थ्यको ख्याल गर्नुहोला । व्यापार साझेदारसँगको सम्बन्ध सुमधुर रहनेछ।
सिंह- आजको दिन उतारचढावको दिन रहनेछ। स्वास्थ्यका कारण मन चिन्तित रहनेछ । मानसिक तनाव र कष्ट रहनेछ । सवारी साधन आदि सावधानीपूर्वक चलाउनुहोला। परिवारमा मतभेद हुन सक्छ। चिनजानको दुखद खबर प्राप्त हुनेछ । व्यवसायमा साझेदारबाट धोका हुन सक्छ ।
कन्या- आज स्वास्थ्यमा ध्यान दिनुहोला । व्यापारमा घाटा बेहोर्नु पर्नेछ । नजिकको व्यक्तिको कारणले तपाईको हातबाट ठूलो प्रस्ताव आउन सक्छ।
तुला- लामाे समयदेखि चलिरहेको बिमारीबाट राहत मिल्नेछ। मान सम्मानमा बृद्धि हुनेछ । नयाँ व्यक्तिहरूसँग सम्बन्ध स्थापित हुनेछ, जुन लाभदायक हुनेछ।
वृश्चिक- आज कार्यक्षेत्रमा चिनेका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। व्यापार-व्यवसायमा अहिले ठूलो जोखिम नलिनुहोस्। व्यर्थकाे बहसबाट टाढा रहनुहोला। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।
धनु- आजको दिन कार्यस्थलमा प्रतिद्वन्द्वीको सामना गर्नु पर्नेछ। कुनै कुरामा मन त्रसित रहनेछ। श्रीमतीसँग कुनै विषयमा विवाद हुनसक्छ ।
मकर- परिवारमा कुनै कुरामा मतभेदको सामना गर्नु पर्नेछ। व्यवसायमा पुराना सहकर्मीबाट धोका हुन सक्छ। कार्यक्षेत्रमा भइरहेका काम बिग्रन सक्नेछन् ।
कुम्भ- व्यापारमा सफलता मिल्नेछ । आर्थिक स्थिति बलियो हुनेछ र कार्यस्थलमा नयाँ सम्बन्ध स्थापित हुनेछ। रोजगारी भएका व्यक्तिले पदोन्नति पाउन सक्नेछन् । परिवार तथा समाजमा मान सम्मान बढ्नेछ । अदालतमा विपक्षीहरू पराजित हुनेछन्।
मीन- आज विशेष अतिथिको आगमनले मन खुसीले भरिनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ । आज चिनजानबाट घाटा बेहोर्नु पर्नेछ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया