आज कस्तो छ तपाईंको भाग्य ? हेर्नुहाेस् राशिफल

काठमाडाैं । आज भदाै १६ गते शनिबार । भदौ कृष्ण तृतिया । पञ्चाङ्ग : शूल वणिज उत्तरभाद्र। सेप्टेम्बर ०२ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। लामो यात्रामा जाने याेजना भै रद्द गरनु उचित हुनेछ । सवारी चलाउँदा सावधानी अपनाउनुहोला। व्यापारमा कुनै ठूलो लेनदेन नगर्नुहोला।
वृष- अत्याधिक कामका कारण केही तनाव महसुस हुनेछ। पारिवारिक विवादबाट टाढा रहनुहोस्। कुनै विशेष कार्यको लागि पारिवारिक दबाब आउन सक्छ।
मिथुन- व्यापारमा नयाँ बाटो खुल्नेछ। कार्यक्षेत्रमा ठूला काम गर्दा फाइदा हुनेछ । परिचित व्यक्तिसँग भेटघाटले रोकिएका काम पूरा हुनेछन्। परिवारमा शुभ कार्यक्रम हुनेछ । नयाँ घर वा सवारी किन्न सकिनेछ।
कर्कट- आज कुनै ठूलो काममा लगानी गर्न सकिनेछ । कार्यस्थलमा साथीभाइबाट पूर्ण सहयोग प्राप्त हुनेछ। श्रीमतीको स्वास्थ्यको ख्याल गर्नुहोला । व्यापार साझेदारसँगको सम्बन्ध सुमधुर रहनेछ।
सिंह- आजको दिन उतारचढावको दिन रहनेछ। स्वास्थ्यका कारण मन चिन्तित रहनेछ । मानसिक तनाव र कष्ट रहनेछ । सवारी साधन आदि सावधानीपूर्वक चलाउनुहोला। परिवारमा मतभेद हुन सक्छ। चिनजानको दुखद खबर प्राप्त हुनेछ । व्यवसायमा साझेदारबाट धोका हुन सक्छ ।
कन्या- आज स्वास्थ्यमा ध्यान दिनुहोला । व्यापारमा घाटा बेहोर्नु पर्नेछ । नजिकको व्यक्तिको कारणले तपाईको हातबाट ठूलो प्रस्ताव आउन सक्छ।
तुला- लामाे समयदेखि चलिरहेको बिमारीबाट राहत मिल्नेछ। मान सम्मानमा बृद्धि हुनेछ । नयाँ व्यक्तिहरूसँग सम्बन्ध स्थापित हुनेछ, जुन लाभदायक हुनेछ।
वृश्चिक- आज कार्यक्षेत्रमा चिनेका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। व्यापार-व्यवसायमा अहिले ठूलो जोखिम नलिनुहोस्। व्यर्थकाे बहसबाट टाढा रहनुहोला। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला ।
धनु- आजको दिन कार्यस्थलमा प्रतिद्वन्द्वीको सामना गर्नु पर्नेछ। कुनै कुरामा मन त्रसित रहनेछ। श्रीमतीसँग कुनै विषयमा विवाद हुनसक्छ ।
मकर- परिवारमा कुनै कुरामा मतभेदको सामना गर्नु पर्नेछ। व्यवसायमा पुराना सहकर्मीबाट धोका हुन सक्छ। कार्यक्षेत्रमा भइरहेका काम बिग्रन सक्नेछन् ।
कुम्भ- व्यापारमा सफलता मिल्नेछ । आर्थिक स्थिति बलियो हुनेछ र कार्यस्थलमा नयाँ सम्बन्ध स्थापित हुनेछ। रोजगारी भएका व्यक्तिले पदोन्नति पाउन सक्नेछन् । परिवार तथा समाजमा मान सम्मान बढ्नेछ । अदालतमा विपक्षीहरू पराजित हुनेछन्।
मीन- आज विशेष अतिथिको आगमनले मन खुसीले भरिनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ । आज चिनजानबाट घाटा बेहोर्नु पर्नेछ।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
एनपीएलमा जनकपुरको पहिलो जित
प्रतिक्रिया