बिहीबार, वैशाख २४, २०८३

भारतलाई दोस्रो झड्का, विराट र रोहित शर्मा आउट

मेरोन्यूज २०८० भदौ १६ गते १६:२३

काठमाडौं । श्रीलंकामा जारी इशियन कप क्रिक्रेटमा पाकिस्तानले भारतको एक विकेट झारेको छ । केही बेर पानी परेपछि रोकिएको पाकिस्तान र भारतविरुद्धको खेल फेरि सुचारु हुनेबित्तिकै भारतलाई पहिलो झड्का लागेको छ।

Advertisement
NiccNicc

भारतका कप्तान रोहित शर्मा आउट भएका छन्। पाकिस्तानका साहिन अफ्रिदीले रोहितलाई बोल्ड आउट गरेका हुन्।

यसअघि पाँचौं ओभर जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो। श्रीलंकाको क्यान्डीमा भइरहेको खेलमा भारतले यतिबेला एक विकेट गुमाउँदै १७ रन बनाएर खेलिरहेको छ।

त्यसपछि भारतलाई अर्काे पनि झट्का लागेको छ । भारतका विराट कोहली पनि आउट भएका छन् ।

पाँचौं ओभरमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले सातौं ओभरको सुरुवातीमै अर्का ब्याटर बिराट कोहलीलाई गुमाएको छ।

पाकिस्तानका साहिन साह अफ्रिदीले कोहलीको विकेट लिएका हुन्। रोहितको विकेट पनि अफ्रिदीले नै लिएका हुन्।

कोहली पाँच बलमा ४ रन बनाउँदै आउट भएका हुन्। भारतले अहिले दुई विकेट गुमाएर २९ रन बनएर खेलिरहेको छ।

प्रतिक्रिया