सिंह राशिलाई आज आर्थिक लाभ हुने, अन्यकाे कस्ताे छ भाग्य ?

काठमाडाैं । आज भदाै १७ गते आइतबार । भदौ कृष्ण चतुर्थी । पञ्चाङ्ग : गण्ड बव रेवती। सेप्टेम्बर ०३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आज नयाँ कामको योजना बन्ने सम्भावना छ । केही विशेष कामको लागि लामो यात्रामा जानु पर्नेछ। व्यापार-व्यवसायमा स्थिति सामान्य रहनेछ। छिमेकीसँग विवाद हुनसक्छ ।
वृष- आज शिक्षाको क्षेत्रमा नयाँ सत्र सुरु गर्न सकिनेछ। व्यापारमा आर्थिक सहयोग मिल्नेछ । परिवारका मानिसहरूले तपाईंलाई सम्मान गर्नेछन्।
मिथुन- आज महत्वपूर्ण दिन रहनेछ। तपाईंले ठूलो निर्णय लिनुपर्ने हुन सक्छ। जागिरमा अधिकारीहरू तपाईको कामबाट खुसी हुनेछन्। परिवारमा शुभ कार्यको सम्भावना छ ।
कर्कट- आर्थिक अवस्था कमजोर रहनेछ । तर साथीभाइ र सहयोगीहरूबाट सहयोग मिल्नेछ। नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा शुभ कार्यको सम्भावना रहनेछ। परिवारमा नयाँ पाहुनाको आगमन हुन सक्छ।
सिंह- आजको दिन तपाईको लागि राम्रो रहनेछ। अदालतमा कुनै विवाद चलिरहेको छ भने आज सफलता मिल्नेछ। व्यापार–व्यवसायमा आर्थिक लाभ हुनेछ । परिवारिक वातावरण राम्रो रहनेछ।
कन्या- आजको दिन सफल रहनेछ । जागिर आदि को लागी प्रयास गर्दै हुनुहुन्छ भने आज सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ तर परिवारमा आमाबुवाको स्वास्थ्य बिग्रन सक्छ। घरपरिवारमा पुरानो विवाद समाप्त हुनाले रमाइलो वातावरण रहनेछ।
तुला- महत्वपूर्ण काम पुरा नहुँदा आज मानसिक तनाव रहन सक्छ । आर्थिक अवस्थाका कारण कसैसँग सहयोग माग्नुपर्ने हुनसक्छ । व्यापारमा पनि ह्रास आउनेछ। साथै परिवारमा कुनै अप्रिय घटना घट्न सक्छ।
वृश्चिक- अत्याधिक दौडधुपका कारण आज तपाईलाई शारीरिक थकान हुनेछ। विशेष व्यक्तिसँग भेटघाटले आर्थिक लाभ हुन सक्छ। व्यापारमा ठूलो लगानी नगर्नुहोला। आज तपाईलाई परिवारको बारेमा केहि ठूलो दुविधाको सामना गर्नु पर्नेछ।
धनु- आज तपाईको मन अशान्त रहनेछ। मौसमका कारण स्वास्थ्य बिग्रन सक्छ । तपाईंबाट कुनै पनि अधिकार खोस्न सकिन्छ। शत्रु पक्ष हावी हुनेछन् । परिवार र साथीभाइबाट सहयोग मिल्नेछ ।
मकर- आज तपाई कुनै विशेष कामको लागि बाहिर यात्रामा जान सक्नुहुन्छ। व्यवसायमा केहि ठूलो आर्थिक सहयोग प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत सृजना हुनेछन् ।
कुम्भ- आज अधुरा काम पूरा हुनाले तपाईको मन खुशीले भरिनेछ। परिवारमा चलिरहेको विवादको हट्नेछ। परिवारका सदस्यहरू तपाईंप्रति झुकाव हुन सक्छन्।
मीन- व्यवसायमा सहकर्मीबाट आर्थिक सहयोग मिल्नेछ । र स्थितिमा सुधार आउनेछ । आज परिवारमा चलिरहेको समस्याबाट राहत मिल्नेछ। श्रीमतीसँगको सम्बन्धमा सुधार आउनेछ ।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया