सिंह राशिलाई आज आर्थिक लाभ हुने, अन्यकाे कस्ताे छ भाग्य ?

काठमाडाैं । आज भदाै १७ गते आइतबार । भदौ कृष्ण चतुर्थी । पञ्चाङ्ग : गण्ड बव रेवती। सेप्टेम्बर ०३ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आज नयाँ कामको योजना बन्ने सम्भावना छ । केही विशेष कामको लागि लामो यात्रामा जानु पर्नेछ। व्यापार-व्यवसायमा स्थिति सामान्य रहनेछ। छिमेकीसँग विवाद हुनसक्छ ।
वृष- आज शिक्षाको क्षेत्रमा नयाँ सत्र सुरु गर्न सकिनेछ। व्यापारमा आर्थिक सहयोग मिल्नेछ । परिवारका मानिसहरूले तपाईंलाई सम्मान गर्नेछन्।
मिथुन- आज महत्वपूर्ण दिन रहनेछ। तपाईंले ठूलो निर्णय लिनुपर्ने हुन सक्छ। जागिरमा अधिकारीहरू तपाईको कामबाट खुसी हुनेछन्। परिवारमा शुभ कार्यको सम्भावना छ ।
कर्कट- आर्थिक अवस्था कमजोर रहनेछ । तर साथीभाइ र सहयोगीहरूबाट सहयोग मिल्नेछ। नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा शुभ कार्यको सम्भावना रहनेछ। परिवारमा नयाँ पाहुनाको आगमन हुन सक्छ।
सिंह- आजको दिन तपाईको लागि राम्रो रहनेछ। अदालतमा कुनै विवाद चलिरहेको छ भने आज सफलता मिल्नेछ। व्यापार–व्यवसायमा आर्थिक लाभ हुनेछ । परिवारिक वातावरण राम्रो रहनेछ।
कन्या- आजको दिन सफल रहनेछ । जागिर आदि को लागी प्रयास गर्दै हुनुहुन्छ भने आज सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ तर परिवारमा आमाबुवाको स्वास्थ्य बिग्रन सक्छ। घरपरिवारमा पुरानो विवाद समाप्त हुनाले रमाइलो वातावरण रहनेछ।
तुला- महत्वपूर्ण काम पुरा नहुँदा आज मानसिक तनाव रहन सक्छ । आर्थिक अवस्थाका कारण कसैसँग सहयोग माग्नुपर्ने हुनसक्छ । व्यापारमा पनि ह्रास आउनेछ। साथै परिवारमा कुनै अप्रिय घटना घट्न सक्छ।
वृश्चिक- अत्याधिक दौडधुपका कारण आज तपाईलाई शारीरिक थकान हुनेछ। विशेष व्यक्तिसँग भेटघाटले आर्थिक लाभ हुन सक्छ। व्यापारमा ठूलो लगानी नगर्नुहोला। आज तपाईलाई परिवारको बारेमा केहि ठूलो दुविधाको सामना गर्नु पर्नेछ।
धनु- आज तपाईको मन अशान्त रहनेछ। मौसमका कारण स्वास्थ्य बिग्रन सक्छ । तपाईंबाट कुनै पनि अधिकार खोस्न सकिन्छ। शत्रु पक्ष हावी हुनेछन् । परिवार र साथीभाइबाट सहयोग मिल्नेछ ।
मकर- आज तपाई कुनै विशेष कामको लागि बाहिर यात्रामा जान सक्नुहुन्छ। व्यवसायमा केहि ठूलो आर्थिक सहयोग प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत सृजना हुनेछन् ।
कुम्भ- आज अधुरा काम पूरा हुनाले तपाईको मन खुशीले भरिनेछ। परिवारमा चलिरहेको विवादको हट्नेछ। परिवारका सदस्यहरू तपाईंप्रति झुकाव हुन सक्छन्।
मीन- व्यवसायमा सहकर्मीबाट आर्थिक सहयोग मिल्नेछ । र स्थितिमा सुधार आउनेछ । आज परिवारमा चलिरहेको समस्याबाट राहत मिल्नेछ। श्रीमतीसँगको सम्बन्धमा सुधार आउनेछ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
प्रतिक्रिया