शुक्रबार, माघ २३, २०८२

काठमाडौंको पेप्सीकोलामा एकसाथ चार सवारीसाधन ठोक्किँदा ५ जना घाइते

मेरोन्यूज २०८० भदौ १७ गते ९:२१

काठमाडौं । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् ।

काठमाडौंको पेप्सिकोलास्थित गुडिरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकि छ ।

प्रतिक्रिया