शुक्रबार, माघ २३, २०८२

‍जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

मेरोन्यूज २०८० भदौ १७ गते ११:३८

जुम्ला । जुम्लाबाट मुगुका लागि छुटेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी-४ स्थित ठगुनेरामा भे१ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भएको छैन ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ।

प्रतिक्रिया