पेप्सीकोला दुर्घटना : २ जनाको मृत्यु, घाइते सबैको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किंदा दुर्घटना भएको थियो ।
बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उसा थापा र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको हो।
दुर्घटनामा घाइतेहरूको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा दोलखा भिमेश्वर नगरपालिका-१ घर भई ललितपुरको इमाडोल बस्ने ५२ वर्षीय कुमार बहादुर खाती, उदयपुर त्रियुगा नगरपालिका-१० घर भई हाल काँडाघारी बस्ने २२ वर्षीय कल्पना विक, मकवानपुर हेटौडा घर भई हाल पेप्सिकोला बस्ने १७ वर्षीया रमिता प्रजा र स्कुटर चालक काभे कोशीपारी घर भई हाल मुलपानि बस्ने २९ वर्षीया सरस्वती खड्का रहेका छन् ।
यस्तै रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, रामेछाप मन्थली नगरपालिका घर भई हाल बौद्ध बस्ने २० वर्षीय सुनिल मगराती, २१ वर्षीय राजकुमार मगराती, सिन्धुपालचोक बाह्रबिसे नगरपालिका-४ घर भई हाल थली बस्ने २३ वर्षीय सुवास बस्नेत घाइते छन् ।
साथै मोरङ उर्लाबारी नगरपालिका- ४ घर भई हाल गोंगबु बस्ने ३३ वर्षीय पुन्यप्रसाद गौतम, ओखल्ढुङगा लिखु गाउँपालिका-७ घर भई हाल बौद्ध २५ वर्षीय रमेश थापा, रामेछापको मन्थली नगरपालिका-८ घर भई हाल बौद्ध बस्ने वर्ष २२ को अर्जुन रम्तेल घाइते भएका छन् ।
बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
















आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
आचारसंहिता कडाइकासाथ लागू गर्छौं: आयुक्त भण्डारी
कास्कीमा ७७ जनाले बुझाए निजी हातहतियार
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
प्रतिक्रिया