निःशुल्क पाएको जग्गा किनेको भन्दै ६ लाख लिने वडाध्यक्ष बस्नेत र दिने प्रशासकीय अधिकृत भण्डारीविरुद्ध मुद्दा

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं २ को कार्यालय निर्माणका लागि निःशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै पैसा लिने वडाध्यक्ष र दिनका लागि कागजात मिलाउने गाउँपालिकाका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार ६ लाख बिगो मागदाबीसहित वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा तत्कालीन वडाध्यक्ष बस्नेतले भवन निर्माणको लागि निशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै ६ लाख रुपैयाँ भुक्तानी लिएको भेटिएको प्रवक्ता दाहालले बताए ।
उनले भुक्तानीका लागि गाउँपालिकामा पेश गरी अधिकृत भण्डारी र लेखापाल सुवेदीले जग्गा खरिद गरेको भनी झुट्टा व्यहोरा उल्लेख गरी ६ लाख रुपैयाँ दिएको खुलेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदा समेत उनीहरूले दिन नमिल्ने रकम भुक्तानी गरेको अख्तियारले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।
अख्तियारले भ्रष्टाचार गरेको भन्दै बिगो रकम कायम गरी सजायको मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया