निःशुल्क पाएको जग्गा किनेको भन्दै ६ लाख लिने वडाध्यक्ष बस्नेत र दिने प्रशासकीय अधिकृत भण्डारीविरुद्ध मुद्दा

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं २ को कार्यालय निर्माणका लागि निःशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै पैसा लिने वडाध्यक्ष र दिनका लागि कागजात मिलाउने गाउँपालिकाका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार ६ लाख बिगो मागदाबीसहित वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गर्दा अनियमितता गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा तत्कालीन वडाध्यक्ष बस्नेतले भवन निर्माणको लागि निशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै ६ लाख रुपैयाँ भुक्तानी लिएको भेटिएको प्रवक्ता दाहालले बताए ।
उनले भुक्तानीका लागि गाउँपालिकामा पेश गरी अधिकृत भण्डारी र लेखापाल सुवेदीले जग्गा खरिद गरेको भनी झुट्टा व्यहोरा उल्लेख गरी ६ लाख रुपैयाँ दिएको खुलेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदा समेत उनीहरूले दिन नमिल्ने रकम भुक्तानी गरेको अख्तियारले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।
अख्तियारले भ्रष्टाचार गरेको भन्दै बिगो रकम कायम गरी सजायको मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया