एसिया कप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई दियो ३ सय ३५ रनको लक्ष्य

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशले अफगानिस्तानलाई ३ सय ३५ रनको लक्ष्य दिएको छ ।
लाहोरको गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन बनायो । बंगलादेशका लागि मेहदी हसन मिराज र नजमुल होसेन शान्तोले शतक बनाए । मिराज १ सय १२ रनमा रिटायर्ड हर्ट भए । शान्तो १ सय ४ रनमा आउट भए ।
कप्तान शाकिब अल हसनले ३२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान र गुलबदिन नइबले १, १ विकेट लिए ।
प्रतियोगिताको ‘सुपर फोर’ मा पुग्न बंगलादेशलाई यो खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा बंगलादेश श्रीलंकासँग पराजित भएको थियो भने प्रतियोगितामा पहिलो खेल खेलिरहेको अफगानिस्तान भने जित निकाल्दै एक खेलअघि नै ‘सुपर फोर’ मा स्थान पक्का गर्न चाहन्छ । समूह ‘बी’ मा श्रीलंक एक खेलमा दुई अंकसहित शीर्ष स्थानमा छ ।
यस्तै समूह ‘ए’ बाट पाकिस्तान दुई खेलमा तीन अंकसहित ‘सुपर फोर’ मा पुगिसकेको छ । भोलि सोमबार हुने भारत र नेपालबीचको खेलले यो समूहबाट सुपर ‘फोर’ मा पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । भारतले पहिलो खेलमा पाकिस्तानसँग १,१ अंक बाड्यो । नेपाल भने पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया