शुक्रबार, मंसिर १९, २०८२

आज कस्तो छ तपाईंको भाग्य ? हेर्नुहाेस् राशिफल

मेरोन्यूज २०८० भदौ १८ गते ६:५७

काठमाडाैं । आज भदाै १८ गते साेमबार । भदौ कृष्ण पञ्चमी । पञ्चाङ्ग : ध्रुव कौलव अश्विनी। सेप्टेम्बर ०४ तारिख २०२३ ।  

थाहा पाउनुहाेस् तपाइकाे राशिफल :

मेष- आजको दिन व्यर्थको दौडधुपमा बित्नेछ । परिवारमा दुर्घटनाको सम्भावना छ । आज तपाईको बोलीमा नियन्त्रण राख्नु धेरै महत्त्वपूर्ण छ, अन्यथा ठूलो कार्य हातबाट जान सक्छ। परिवारमा आपसी मतभेद सुल्झाउने प्रयास गर्नुहोला ।

वृष- विशेष कामको लागि मन चिन्तित रहनेछ। तर सफलता पाउन मिल्ने छैन । परिवारमा छोराछोरी र पत्नीको स्वास्थ्य बिग्रन सक्छ। विपक्षी वर्गले व्यापारमा बाधा पु¥याउनेछन्। आज कुनै ठूलो लेनदेन पनि नगर्नुहोस्।

मिथुन- आज पुरानो साथीसँग भेट हुन सक्छ। व्यापारमा ठूलो आर्थिक लाभको सम्भावना छ। घरमा पाहुनाको आगमन हुनेछ ।

कर्कट- आजको दिन निकै महत्वपूर्ण रहनेछ । परिवार र सन्तानको लागि ठूलो निर्णय लिन सकिनेछ। मन प्रसन्न रहनेछ। मनमा ठूलो कामको योजना बन्न सक्छ। व्यापारमा ठूलो लगानीको सम्भावना छ ।

सिंह- शारीरिक रूपमा कमजोर महसुस हुनेछ। व्यापारमा पार्टनरले ठूलो धोका दिन सक्छ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोला । सवारी साधन आदि चलाउँदा सावधान रहनुहोला।

कन्या- मन अशान्त रहनेछ। आ्ज, कार्यस्थलमा भावनामा बगेर वा हतारमा कुनै निर्णय नगर्नुहोला। आज कसैलाई ऋण दिनु लाभदायक हुनेछैन। श्रीमती वा सन्तानसँग मनमुटाव बढ्न सक्छ।

तुला- आज कुनै विषेश कामकाे लागि बाहिरजानु पर्नेछ । जुन उद्देश्यका लागि जाँदै हुनुहुन्छ, त्यो सफल हुनेछ । व्यापारमा ठूलो आर्थिक सहयोग मिल्नेछ।

वृश्चिक- आज तपाईको भाग्यशाली दिन रहनेछ। यसका साथै विशेष व्यक्तिबाट नयाँ कार्य क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा मान सम्मान बढ्नेछ । श्रीमतीसँगको मनमुटाव समाधान हुनेछ ।

धनु- आजको दिन दुःखले भरिपूर्ण रहनेछ। कुनै दुखद खबर सुनिनेछ । साथै, व्यापारमा ठूलो धोखाधडीकाे सामना गर्नु पर्ने हुनसक्छ। सहयोगी पार्टनरले तपाईको विपक्षीसँग मिलेर ठूलो षड्यन्त्र रच्न सक्छ। सचेत रहनुहोला। श्रीमती र सन्तानको स्वास्थ्यमा चिन्ता रहनेछ।

मकर- स्वास्थ्य बिग्रनाले मानसिक रुपमा विचलित भइनेछ । श्रीमती र सन्तानको भविष्यको बारेमा पनि मन चिन्तित रहनेछ । व्यापारमा घाटाको स्थिति रहनेछ । परिवारमा विरोधीको संख्या बढ्नेछ।

कुम्भ- आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। नयाँ कामको थालनी गर्न सकिनेछ, जसमा सफलता मिल्नेछ। आज राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो पद पाउन सकिनेछ । पुरानो विवादको अन्त्यले आज मन प्रसन्न रहनेछ। परिवारमा शुभ कार्यको सम्भावना रहनेछ।

मिन-आज तपाईको दिमागमा कुनै ठूलाे कामको याेजना बन्न सक्छ। तर काम सुरु गर्ने समय भने आएको छैन । आज परिचित व्यक्तिलाई ठूलो रकम ऋण दिनु ठूलो गल्ती हुनेछ। घरमा स्वास्थ्यसँग सम्बन्धित केही समस्या आउन सक्छ। पत्नी तथा सन्तानसँग मनमुटावको स्थिति सिर्जना हुनेछ ।

प्रतिक्रिया