शुक्रबार, माघ २३, २०८२

बसुन्धारामा भ्यानमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

मेरोन्यूज २०८० भदौ १८ गते ८:४९

काठमाडौँ । काठमाडौँको बसुन्धारामा गए राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । साथै एक जना घाइते भएका छन् ।

गए राति पौने १ बजे प्रदेश ३ –०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानमा ठोक्किँदा मोटरसाइकलका चालक सङ्खुवासभाको मकालु गाउँपालिका–१ का २७ वर्षका दावा दोर्जे शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षकी डोल्मा शेर्पा घाइते भएकी छन । उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ । भ्यानका चालकलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया